Gallbladder Stone Camp

January 4, 2021

भक्तपुरको सल्लघारी स्थित डा ईवामुरा मेमोरियल अस्पतालले पौष १५ गते सम्मका लागि पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरु लाई लक्षित गरि पित्तथैलीको प्याकेज ल्याएको थियो ।

सेवाग्राहीको अनुरोधमा सहुलियतपुर्ण शुल्कमा शल्यकिया प्याकेज ल्याइएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी गराए । यो पित्तथैलीको प्याकेज अन्तरगत निःशुल्क परामर्शका लागि ९८६१९३७३४५मा सम्पर्क गरि नाम टिपाउनु पर्नेछ ।

यो पित्तथैलीको प्याकेज अन्तरगत ५५ जना विरामीहरु निःशुल्क परामर्श तथा १९ जना विरामीको सफल शल्यकिया भईसकेको छ । साथै, सेवाग्राहीका माग बमोजिम यो शिविर आउदो माघ १५ गते सम्म सञ्चालन हुने उनले जानकारी दिए ।

चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने ,पेटको दायाँ कोखा वा पेटको बिचमा दुख्ने , दायाँ काधँमा दुख्ने , ढाडमा दुख्ने , एक्कसी तौल घट्ने , धेरै दिशा भइरहने पित्तथैलीको पत्थरीको लक्षणहरु हुन ।

दुर्बिन प्रबिधि मार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसन पछि कम दुखाइ, घाउहरु चाडै निको हुने , दाग पनि सानो हुने र चाडै घर जान सकिने हुन्छ ।

concern_1
concern_2