News & Notices

डा. इवामुरा मेमोरियल अस्पतालमा लायन्स आँखा तथा डाइबिटिज उपचार केन्द्र ।

Posted: 13 June, 2017

आँखा उपचारमा ख्याति कमाउँदै आएको लायन्स क्लवले भक्तपुरमा पनि आँखा उपचार केन्द्र विस्तार गरेको छ । सर्वसाधारणको आँखा उपचारसँगै मोतियाबिन्दु अप्रेसनमा अग्रणी लायन्स क्लवले भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा लायन्स आँखा तथा डाइबिटिज उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।