News & Notices

Gallbladder stone camp

Posted: 28 April, 2017

 

भक्तपुरमा पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरहुने-

भक्तपुर, वैशाख१२।डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।-

सोमबार भक्तपुरमा गरिएको एककार्यक्रममा अस्पतालका प्रबन्धक रञ्जीत मारिखुले बैशाख १५ देखि जेठ १५ गते सम्म एक महिने शिविर आयोजना गरिने जानकारी दिए,

उक्त शिविरमा डेढ सय  जनाको अप्रेशन गरिने जनाइएको छ।भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैली माभएको पत्थरीको अप्रेशन गर्न लागिएको मारिखुले जानकारी दिए।

शिविरको समयमा उपचारमा आउने विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशतसम्म छुटदिने अस्पतालले जनाएको छ।