प्रवन्ध निर्देशकको सन्देश

नेपाली लगानीकर्ताहरुको पुर्ण स्वामित्वमा रहेको डिम अस्पतालले (DIM- Hospital) आफ्नो स्थापना कालदेखि नै स्वास्थ्य क्षेत्रमा सानै मात्र भएपनि योगदान पुर्‍याउँदै, भक्तपुर लगायत आसपास क्षेत्रका सेवाग्राहीहरुलाई सरल एवंम् सहज तरिकाबाट गुणस्तरीय उपचारात्मक सेवाहरु उपलब्ध गराउदैं आइरहेको सर्वविदितै छ । सिमित श्रोत साधनका बाबजुद पनि समयानुकुल उच्च स्तरको प्रविधि भित्र्याई गुणस्तरिय सेवाहरु प्रवाह गर्ने क्रममा यस अस्पतालले विभिन्न किसिमका संक्रमणहरु न्युनीकरण गर्ने उद्देश्यले वि.सं. २०७८ साल असार ८ गते बाट भक्तपुर मैं पहिलो पटक “Temperature Control Negative Pressure ICU Unit” तापक्रम नियन्त्रक विपरित चाप आइ.सि.यु इकाइ जस्तो नवीनतम उपकरण सञ्चालनमा ल्याएको व्यहोरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँदछु ।

नेपाल र नेपालीहरुलाई प्रगाढ माया गर्ने परोपकारी व्यक्तित्व तथा वरिष्ठ जापानी समाजसेवी स्व. प्राध्यापक डा. नोबोरु इवामुराको स्मृतिमा सन् २००१ देखि संचालनमा रहेको यस डिम अस्पतालले (DIM- Hospital) नेपाल–जापान सहयोग र समझदारी फ्रतिकको Landmark of Nepal–Japan Cooperation and Understanding रुपमा रहेर विभिन्न परोपकारी क्रियाकलापहरुमा थोरै भएता पनि आफ्नो भूमिका निर्वाह गरिरहेको सर्न्दभ पनि यहाँ थप गर्न चाहन्छु ।
संयमित, मनकारी र सहयोगी शेयरधनी महानुभावहरु, स्वास्थ्य क्षेत्रमा समर्पित अनुभवी चिकित्सकहरु र लगनशील एवंम् अनुशासित सक्कल दर्जाका प्राविधिक तथा गैर प्राविधिक कर्मचारी मित्रहरु सहित “TEAM IWAMURA” लगायत हामीलाई सदैव माया र स्नेह गर्ने तपाईं हितकारी साथीहरुको विश्वास र सहयोगबाट हामी तपाईंहरुको माँझ आजसम्म जीवन्त र सक्रिय रहन सफल भएकोमा कुनै दुईमत छैन साथै आगामी दिनहरुमा पनि यसैगरी तपाईंहरुबाट सल्लाह, साथ र सहयोग पाउने कुरामा सकारात्मक सुझावको अपेक्षा राख्दै हजुरहरु सबैमा कृतज्ञता समेत व्यक्त गर्दछु ।

अन्तमा, मुस्कान सहितको सेवा (Services with Smiles)  प्रवाह गर्दै तपाईंहरुको स्वस्थ एवंम् सफल जिवन नै हाम्रो सन्तुष्टि हुने अवगत गराउँदै सँगै जिउनको लागी “हाम्रो प्रयास जारी छ” भन्दै धन्यवाद ज्ञापन गर्दछु ।

 

concern_1
concern_2